एमाले महाधिवेशनमा १९९९ प्रतिनिधि सहभागी हुने

एमाले महाधिवेशनमा १९९९ प्रतिनिधि सहभागी हुने

काठमाडौ । नेकपा एमालेले पार्टीको १० औँ राष्ट्रिय महाधिवेशनमा १९९९ प्रतिनिधिलाई सहभागी गराउने भएको छ । ललितपुरको च्यासलमा आज बसेको केन्द्रीय कमिटीको बैठकले महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरूको सङ्ख्या बढाएर १९९९ पुर्‍याउयाने भएकाे हो ।

यसअघि बिहीबार बसेको केन्द्रीय कमिटीको बैठकले महाधिवेशनमा सहभागी प्रतिनिधिको संख्या १५ सय ३६ ताेकेको थियो । आज सो संख्यामा ४६३ जना थप गर्दै प्रतिनिधि संख्या बढाएर १९ सय ९९ पुर्‍याइएको पार्टीका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । उनका अनुसार मूल व्यवस्थापन समितिमा पनि दुई जना सदस्य थप गरी २३ पुर्‍याइएको छ । 

पार्टी स्थायी कमिटीका सदस्य रघुजी पन्त र कार्यालय सचिव शेरबहादुर तामाङलाई पनि महाधिवेशन मूल व्यवस्थापन कमिटीमा थप गर्ने निर्णय गरिएको हो । 

त्यस्तै बैठकले आगामी कात्तिक २७ गते एकैदिन एमाले प्रतिनिधि छनोटका लागि निर्वाचन गर्ने गरी मिति तय गरेको छ । एमाले महाधिवेशन मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुँदै छ ।