प्रभु साह एमालेमै रहने, बैठकमा सहभागी

प्रभु साह एमालेमै रहने, बैठकमा सहभागी

काठमाडौं । पार्टीमा असन्तुष्टि जनाउँदै एमालेका केन्द्रीय कमिटी सदस्य प्रभु साह आजको बैठकमा भने सहभागिता जनाएका छन् । 

एमालेबाट अलग हुने भन्ने चलिरहेका बेला उनी आज बसेको केन्द्रीय कमिटी बैठकमा भने सहभागी भएका हुन् । पार्टीलाई नेकपाकै रुपमा निरन्तरता दिनुपर्ने माग राख्दै आएका साह यसअघिका बैठकहरु बहिष्कार गर्दै आएका थिए ।

त्यसैले पनि उनले पार्टी छोड्ने हल्ला चलेको थियो । हालै अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेपछि साह आज बसेको बैठकमा सहभागी भएका हुन् ।