आगलागीकाे क्षति व्यवस्थापनका लागि अष्ट्रेलियामा पुर्नस्थापना निकाय गठन

आगलागीकाे क्षति व्यवस्थापनका लागि अष्ट्रेलियामा पुर्नस्थापना निकाय गठन

रा.स.स : अष्ट्रेलियामा आगलागीबाट भएको क्षतिको व्यवस्थापनका लागि राष्ट्रिय पुर्नस्थापना निकाय गठन गरिएको छ ।

प्रधानमन्त्री स्कट मोरिसन, उपप्रधानमन्त्री मिचेल एमसीकोर्माक र कोषाध्यक्ष जोश फ्रीडेन्बर्गले सोमबार यसको घोषणा गरेका हुन्। त्यस निकायको कोषमा प्रारम्भिक चरणमा झण्डै दुई अरब अष्ट्रेलियन डलर जम्मा गरिने पनि उनीहरुले प्रतिबद्धता जनाएका छन् ।“अष्ट्रेलियामा अहिले भइरहेको आगलागीको क्षतिपूर्ति र संकट व्यवस्थापनका लागि जे गर्नुपर्ने हो, त्यो सवै काम यस्ले गर्दछ,” उहाँहरुले भने ।

अष्ट्रेलियामा गत सेप्टेम्बरदेखि भएको आगलागीका घटनामा परी २४ जनाको मृत्यु भइसकेको अधिकारीहरुले जनाएका छन् । त्यस निकायले आगामी दिनमा हुने क्षति न्युनिकरणका लागि पनि आधार तयार पार्ने उनीहरुको भनाई छ । अहिले कोषमा राखिएको रकमले आगलागीबाट प्रभावित परिवार, किसान, व्यवसायीलगायतलाई राहत पनि उपलब्ध गराउने प्रधानमन्त्री कोरिसनले बताए ।

अकल्पनीय आगलागीबाट पिडित सवैलाई सहयोग होस् भन्ने उद्धेश्यले राहत प्रदान गर्न लागिएको उहाँले जानकारी दिएका छन् । नव गठित त्यस निकायको नेतृत्व अष्ट्रेलियाको संघीय प्रहरीका पूर्व आयुक्त अन्ड्रेव कोल्भीनले गर्ने भएका छन् ।