प्रधानन्यायाधीशविरुद्ध थप आन्दोलन तय गर्न बारको बैठक बस्दै

प्रधानन्यायाधीशविरुद्ध थप आन्दोलन तय गर्न बारको बैठक बस्दै

काठमाडौं । नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने भएको छ । आज  बिहान ११ बजे शुरू हुने बैठकबाट आन्दोलनका कार्यक्रम तय हुने बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले जानकारी दिएका छन् । 

उनका अनुसार बारले अब देशभरका ९० वटा बार इकाईमार्फत आन्दोलन घोषणा गर्नेछ ।

नेपाल बारले यसअघि नै प्रधानन्यायाधीश राणालाई राजीनामा दिन सुझाएको थियो । तर, राणाले सडकबाट आवाज उठ्दैमा राजीनामा नदिने बताउँदै आएका छन् ।