संसद अधिवेशन अन्त्य गर्न सिफारिस

संसद अधिवेशन अन्त्य गर्न सिफारिस

काठमाडौं । सरकारले संसद अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले भोलि शुक्रबार मध्यरातदेखि प्रतिनिधिसभा र राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस पठाएको हो । 

प्रतिनिधिसभाको नवौं र राष्ट्रिय सभाको दशौं अधिवेशन अन्त्य गर्न सिफारिस पठाएको  गृहमन्त्री बालकृष्ण खाँणले जानकारी दिएका छन् । 

२३ भदौमा शुरु भएको चालु अधिवेशन अवधिभर नै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लगातार नाराबाजी गर्दै संसद अवरोध गर्दै आएको थियो । एमालेको अवरोधकै बीच सरकारले नयाँ बजेट पारित गरेपनि अन्य काम भने गर्न सकेन ।

एमालेले अध्यादेश ल्याएर पार्टी विभाजन गराएको आरोप लगाउँदै संसद्मा अवरोध गर्दै आएको छ ।