चीनद्वारा अफगानिस्तानलाई ५० लाख अमेरिकी डलर बराबरको सहयोग गर्ने वचन

चीनद्वारा अफगानिस्तानलाई ५० लाख अमेरिकी डलर बराबरको सहयोग गर्ने वचन

काबुल । दोहामा चीनसँग उच्चस्तरीय वार्ता भएको एक दिनपछि मङ्गलबार बेइजिङले अफगानिस्तानलाई ५० लाख अमेरिकी डलर बराबरको थप मानवीय सहायता दिने वचन दिएको अफगानिस्तानको तालिवान सरकारले जनाएको छ।    
    
तालिबानका प्रवक्ता जाबिहुल्लाह मुजाहिदले चीनको सहायता औषधी र खाद्यान्नको लागि प्रयोग गरिने बताएको तोलो समाचार संस्थाले उल्लेख गरेको छ।    
    
तालिवानका उपप्रधानमन्त्री मुल्लाह बारादर र चिनियाँ विदेशमन्त्री वाङ यीबीच दोहामा भएको दोस्रो सार्वजनिक भेटवार्तापछि यस्तो घोषणा गरिएको हो।