विकासका लागि एमाले बलियो हुन जरूरी छ : सचिव गुरुङ

विकासका लागि एमाले बलियो हुन जरूरी छ : सचिव गुरुङ

काठमाडौं । नेकपा एमालेका सचिव पृथ्वीसुब्बा गुरुङले मुलुकको विकासका लागि एमाले बलियो हुनुपर्ने धारणा राखेको छ ।

नेकपा एमाले मध्यनेपाल नगरपालिका कमिटीद्वारा मंगलबार आयोजित प्रथम नगर अधिवेशन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो धारणा व्यक्त गरेका हुन् । 

गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्रीसमेत रहेका नेता गुरुङले आफ्नो नेतृत्वको सरकारले अघि बढाएको महत्वपूर्ण योजना वर्तमान सरकारले खारेज गरेर देश र जनताको उपलब्धि हुन नदिएको आरोप लगाए ।
रासस