कामबाट निकालेपछि कर्मचारीहरु आन्दोलित

कामबाट निकालेपछि कर्मचारीहरु आन्दोलित

काठमाडौं । जानकारीबिनै आफूहरुलाई कामबाट निकालेको भन्दै पशुपति क्षेत्र विकास कोषका कर्मचारी आन्दोलित बनेका छन् । 

कोष अन्तर्गगत कार्यरत अस्थायी, करार र ज्यालादारीमा काम गर्ने ६६ कर्मचारी आन्दोलित बनेका हुन् । उनीहरुलाई कुनै सूचना नै नदिई गत साउन १ गतेबाट हासिर गर्न रोक लगाइएको थियो ।

त्यसपछि कर्मचारीहरुले पशुपति विकास कोष अगाडि धर्ना सुरु गरेका थिए । व्यवस्थापकबाट जानकारीविना नै आफूहरुलाई कामबाट बञ्चित गराएको भन्दै नेपाल सुरक्षा श्रमिक ट्रेड युनियनले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेसँग भेट गरी  ज्ञापन पत्र बुझाएका थिए ।