जनकपुरमा किसानलाई वडाअध्यक्षकाे राहत : प्रतिकठ्ठा ४० किलो धान

जनकपुरमा किसानलाई वडाअध्यक्षकाे राहत : प्रतिकठ्ठा ४० किलो धान

जनकपुरधाम । बेमौसमी वर्षाले भित्र्याउने बेला भएका धान क्षति पुर्‍याएपछि जनकपुरधाम उपमहानगरपालिका –१ का वडाध्यक्षले  प्रतिकठ्ठा ४० किलो धानका दरले राहत दिने घोषणा गरेका छन् ।  

आज आयोजित एक पत्रकार सम्मेलनमा वडाध्यक्ष शत्रुधन साहले आफ्ना वडाका सम्पूर्ण पीडित किसानहरुलाई प्रतिकट्ठा ४० किलोका दरले धान उपलब्ध गराउने दिने घोषणा गरेका हुन् ।

वडाध्यक्ष साहले आफ्नो निजी खर्चबाट किसानहरुलाई क्षतिपुर्ति उपलब्ध गराउने बताएका छन् । राहतका दिन क्षतिको विवरण संकलन गरिरहेको पनि जानकारी दिए ।

कार्तिक १ र २ गतेको अविरल वर्षापछि आएको बाढीका कराण किसानहरुले भित्र्याउन लागेको धानसहित को अन्नबालीमा ठूलो क्षति पुगेको थियो । अहिले संघ, प्रदेश र स्थानीय सरकार कसैले पनि पीडित किसानलाई राहत दिने चासो नदेखाएपछि आफूले व्यक्तिगत खर्चबाट किसानलाई राहत दिन लागेको बताए । 

अध्यक्ष साहले यसअघि पनि कोरोना महामारीका बेला भएको लकडाउनमा आफ्नो वडाका गरिब, विपन्न र असहायहरुलाई निःशुल्क खाना बाँडेका थिए ।