भारतमा फेरि बढ्न थाल्यो कोरोना, तेस्रो लहरको चिन्ता

भारतमा फेरि बढ्न थाल्यो कोरोना, तेस्रो लहरको चिन्ता

नयाँ दिल्ली । भारतमा कोरोना भाइरसको संक्रमण पुनः बढ्न थालेको छ। दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा पुनः बृद्धि हुन थालेको सरकारी अधिकारीहरुले जनाएका छन्।  बुधबार सार्वजनिक गरिएको विवरण अनुसार पछिल्लो एक दिनमा भारतमा १४ हजार ६२३ जना कोरोना भाइरसबाट नयाँ सङ्क्रमित फेला परेका थिए। बिहीबार त्योभन्दा चार हजार बढीमा संक्रमण पुष्टि भएको छ। 

सरकारी अधिकारीहरुले बिहीबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा १८ हजार ४५४ जना नयाँ सङ्क्रमित थपिएका हुन्। यससँगै तेस्रो लहर सुरु हुने चिन्ता बढ्न थालेको छ । सोही अवधिमा १७ हजार ५१६ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन्। 

एकैदिन नयाँ सङ्क्रमितभन्दा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या थोरै भएकाले सक्रिय सङ्क्रमितहरुको सङ्ख्यामा पनि बृद्धि भएको छ। भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा अहिले सक्रिय सङ्क्रमितहरुको सङ्ख्या एक लाख ७८ हजार ८३१ रहेको जनाएको छ। 

अहिलेसम्म कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएकाहरुको कूल संख्या तीन करोड ३४ लाख ९५ हजार ८०८ पुगेको छ। भारतमा गत जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो।