शिक्षामा व्यवसाय होइन, व्यवसायका लागि अन्य क्षेत्र छन् : मन्त्री पौडेल

शिक्षामा व्यवसाय होइन, व्यवसायका लागि अन्य क्षेत्र छन् : मन्त्री पौडेल

काठमाडौ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले मुलुकमा व्याप्त शैक्षित क्षेत्रलाई नै व्यवसाय बनाईरहेको अवस्थामा यो गलत भएको धारणा राखेका छन् । 

बिहीबार शिक्षा पत्रकार सञ्जालसँगको भेटमा मन्त्री पौडेलले शिक्षामा व्यवसाय गर्ने काम बन्द गरिनुपर्ने धारणा राखे । उनले सरकारले सार्वजनिक शिक्षा सुधारलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने भन्दै जनताका बालबालिकालाई संविधानले व्यवस्था गरेको मौलिक हकलाई व्यवस्थित रुपमा कार्यान्वयन गर्ने विषयमा आफ्नो ध्यान केन्द्रित हुने बताए । 

संविधानले व्यवस्था गरेको शिक्षा सम्बन्धी मौलिक हकलाई सबैले पाउने गरी काम गर्ने योजनामा रहेको भन्दै हाल ऐन, नीति, नियम लगायत शिक्षक दरबन्दीका समस्याहरु चरणबद्ध ढंगले समाधान गरिँदै जाने धारणा व्यक्त गरे ।

शिक्षा मन्त्रीमा नियुक्ति भएको धेरै समय नभएकाले केही समय शिक्षा क्षेत्रको विषयमा अध्ययन गर्न केही समय लाग्ने भन्दे सबै क्षेत्रलाई सुधार गर्दै लैजाने बताए । सार्वजनिक शिक्षालाई कसरी गुणस्तरीय बनाउने भन्ने सन्दर्भमा विज्ञहरुसँग छलफल भइरहेको उनले बताए । बेरोगार उत्पादन गर्ने शिक्षा नभएर आत्मनिर्भर बनाउने शिक्षातिर आफू उन्मुख हुने धारणा व्यक्त गरे ।