जनकपुरधाम । जनकपुरस्थित खानेपानी संस्थान कार्यालयका निमित्त प्रमुख जागेश्वर कुशवाहलाई अर्धनग्न बनाएर बजार घुमाइएको छ ।
अबिरल वर्षाका कारण जनकपुरधाम जलमग्न भएपछि ढल निर्माणमा अनियमितता भएको भन्दै सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले निमित्त प्रमुख कुशवाहालाई कपडा खोलिदिएर अर्धनग्न बनाई शरीरमा हिलो छ्यापेर बजार घुमाएका थिए ।
जनकपुरधाम उपमहानगरपालिका ८ बल्वाटोलस्थित सडक निर्माणका क्रममा ढल निकासको समस्या भएकाे भन्दै पटक पटक आग्रह गर्दासमेत निमित्त प्रमुख कुशवाहाले वेवास्ता गरेकाे भन्दै बाध्य भएर यस्ताे कारवाही गर्नु परेकाे जनमत पार्टीले जनाएकाे छ ।
बिहीबार दिउँसो लाठी र बाँसको भाटासहित जनकपुरस्थित उपमहानगरपालिकाकाे कार्यालय पुगेका कार्यकर्ताहरूले मुख्यमन्त्री लालबाबु राउत र मेयर लालकिशोर साहविरुद्ध नाराबाजी गरेका थिए ।