प्रतिनिधिसभाको बैठक ११ गतेसम्मका लागि सर्‍यो

प्रतिनिधिसभाको बैठक ११ गतेसम्मका लागि सर्‍यो

काठमाडौं । आगामी कार्तिक ९ गतेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक २ दिन पर सारिएको छ । विशेष कारण देखाउँदै सभामुख अग्निप्रसाद बैठक दुई दिन पर सारेका हुन् । 

प्रतिनिधिसभाको आगामी बैठक कार्तिक ११ गते बिहिबार दिउँसो २ बजे बस्नेछ । 

संघीय संसद सचिवालयले मंगलबार एक सूचना प्रकाशित गर्दै बैठक सारेको जानकारी दिएको हो । विशेष कारणबस निर्धारित मिति कार्तिक ९ गते दिउँसो १ बजे बस्ने भनिएको बैठक सो दिन बस्न नसक्ने जनाएको हो । 

नवौं अधिवेशन अन्तरगत गत भदौ २३ गतेदेखि सुरु यो अधिवेशनको पहिलो बैठकदेखि नै एमालेले प्रतिनिधिसभाको बैठक अवरुद्ध गर्दै आएको छ ।