प्रदेश १ मा १२० जना कोरोनाका नयाँ संक्रमित थपिए, ९ जनाको मृत्यु

प्रदेश १ मा १२० जना कोरोनाका नयाँ संक्रमित थपिए, ९ जनाको मृत्यु

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ६२१ जनाको पीसीआर विधिबाट र १४१ जनाको एन्टिजेन विधिबाट परिक्षण गर्दा क्रमशः १०५ र १५ जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिकविकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयकाअनुसार आधारमा झापामा ३८, मोरङमा ३५, सुनसरीमा १६, इलाममा ५, संखुवासभामा २, पाँचथर, ओखलढुङ्गा, तेहृथुम, धनकुटा र उदयपुरमा १–१ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण पुष्टि भएको हो । 

त्यस्तै सोही अवधिमा प्रदेश १ माआज १६५ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

८९ महिला र ७६ पुरुष गरी १६५ जना संक्रमण मुक्त भएको मन्त्रालयले जनाएको छ । 

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ९ जनाको मृत्यु भएको छ । ३ महिला र ६ पुरुष गरी ९ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।