भारतको केरलामा बाढी पहिरो परी ज्यान गुमाउनेको संख्या २६ पुग्यो

भारतको केरलामा बाढी पहिरो परी ज्यान गुमाउनेको संख्या २६ पुग्यो

एजेन्सी । भारतको केरलामा बाढी पहिरोमा परेर मृत्यु हुनेको संख्या २६ पुगेको छ । मृत्यु भएकामध्ये पाँच जना बालबालिका रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

बाढीमा परेर अझै केही हराइरहेको प्रहरीले जनाएको छ । भारतको दक्षिणी क्षेत्रमा वर्षा जारी रहेकाले बाढी र पहिरोका कारण सयौं नागरिक विस्थापित भएको त्यहाँको सरकारले जनाएको छ ।

केरलाको कोट्टयाम जिल्लाका अधिकांश घरहरु क्षतिग्रस्त भएका छन् भने दर्जनौ चौपाया बाढीले बगाएको छ । विद्युत आपूर्ति बन्द हूँदा प्रभावितहरु अँध्यारोमा बस्न बाध्य भएको बताइएको छ ।

सयौंको संख्यामा परिचालित सुरक्षाकर्मीले बाढीमा फसेकाहरुको उद्दार गरेका छन् । केरला राज्यको पथननथिट्टा, त्रिसुर र कोट्टयम जिल्ला बढी प्रभावित भएका छन् ।