अफगानिस्तानको एक मस्जिदमा आइएसद्धारा बम विस्फोट, ४० भन्दा बढीको मृत्यु

अफगानिस्तानको एक मस्जिदमा आइएसद्धारा बम विस्फोट, ४० भन्दा बढीको मृत्यु

काठमाडौं । अफगानिस्तानको एक मस्जिदमा भएको बम विस्फोटमा ४० जनाभन्दा बढीको  मृत्यु भएको छ। कान्दहार शहरमा रहेको उक्त मस्जिदमा शुक्रबार गराइएको विस्फोटमा परी ७० जनाभन्दा बढी घाइते भएको अन्तर्राष्ट्रिय समाचारहरुमा उल्लेख छ।

मस्जिदमा प्रार्थना गरिरहेको बेला बम विस्फोट भएको थियो। कन्दहारको बीबी फातिमा मस्जिदमा धेरै संख्यामा शिया मुस्लिमहरुको उपस्थिति रहेको बेला आक्रमण भएको जनाइएको छ।


आक्रमणको जिम्मेवारी इस्लामिक स्टेट ९आइएस०ले लिएको छ। आइएसले मस्जिदको भवनमा प्रवेश गर्नुअघि सुरक्षाकर्मीलाई मारेको र भवनमा पसेर आफ्ना लडाकुले विस्फोट गराएको समाचारमा उल्लेख छ।

विस्फोटपछि तालिवानको विशेष सुरक्षा फौजले अवस्था नियन्त्रणमा लिएको थियो। आइएसको यो क्षेत्रीय समूहले तालिवान शासनको विरोध गर्दै आएको छ। उक्त समूहले यसअघि पनि अफगानिस्तानमा आत्मघाती आक्रमण गराउँदै आएको छ।