आरोलीको आरोपः सट्टापट्टाको सरकार निर्माण भयो, ताेकिएकाे समयभन्दा अघि हुन्छ चुनाव

आरोलीको आरोपः सट्टापट्टाको सरकार निर्माण भयो, ताेकिएकाे समयभन्दा अघि हुन्छ चुनाव

बिर्तामोड । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सट्टापट्टाको वर्तमान सरकार निर्माण भएको आरोप लगाएका छन् । 

गृहजिल्ला झापाको बिर्तामोडमा बिहीबार आफैँले आयोजना गरेको दशैको शुभकामना आदानप्रदान कार्यक्रममा उनले सरकार बाटर ‘सट्टापट्टा’को सिस्टमबाट निर्माण भएको आरोप लगाए ।

उनले केही दिनअघि मात्रै जेठान मामिलाले निकै चर्चा पाएको भन्दै त्यो सट्टापट्टा मिलाउने क्रमकै उदाहरण भएको कटाक्ष गरे । उनले भने, ‘जेठान मामला सबैको अगाडि आयो, चर्चा पायो । अझै के केले चर्चा पाउने हो, त्यो हेर्न बाँकी छ ।’

‘सरकार निर्माणमा पैसाको कारोवार भए नभएको स्पष्ट नभएपनि बाटर सिस्टम चाँही देखिएको कटाक्ष गरे । उनले भने, ‘पहिला व्यापारमा पनि पैसाको कारोवार हुने थिएन । सट्टापट्टा हुन्थ्यो, खुर्सानी दिने पीठो लिने, के दिनेले अर्को लिने । अहिलेको सरकार निर्माण प्रणाली पनि त्यही हो ।’

परमादेशबाट सरकार बनेको प्रति टिप्पणी गर्दै ‘धर्तीमा पहिलोपल्ट बाटर सिस्टमबाट सरकार बनेको छ । मन्त्रिमण्डल विस्तार हुँदै तीन महिना लाग्यो । यो सरकारबाट खासै आशा नगरे हुन्छ । तोकिएको समयभन्दा अघि नै चुनाव हुन सक्छ ।’

ओलीले आम चुनावप्रति प्रदेश सरकार र स्थानीय सरकारलाई सजग रहन पनि निर्देशन दिए ।