कोरोना अपडेटः ३६५ संक्रमित थपिँदा ६०९ जना संक्रमणमुक्त

कोरोना अपडेटः ३६५ संक्रमित थपिँदा ६०९ जना संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालभर ३ सय ६५ जनामा कोराना संक्रमण पुष्टि भएको छ । 

३ हजार ६ सय ७१ जनाको पीसीआर परीक्षण गर्दा ३ सय २६ जनामा र १ हजार ९ सय २३ जनाको एन्टीजेन परीक्षणमा ३९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

साेही समयमा ६ सय ९ जना संक्रमणमुक्त भएका छन । पछिल्लो २४ घण्टामा थप ४ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् । 

देशभर संक्रिय संक्रमितको संख्या १४ हजार २ सय ६७ जना रहेको छ । जसमध्ये ३ सय १५ जनाको आईसीयू र १ सय ७ जनाका भेल्टिलेटरमा उपचाररत छन् । 

पछिल्लो पटक २ हजार २ सय ७५ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।