नवनियुक्त फ्रान्सेली राजदूत र माधव नेपालबीच भेटवार्ता

नवनियुक्त फ्रान्सेली राजदूत र माधव नेपालबीच भेटवार्ता

काठमाडौं । नेपालका लागि नवनियुक्त फ्रान्सेली राजदूत गिल्स बर्वाउले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालसँग भेटवार्ता भएको छ ।

मंगलबार साँझ नेपाल–फ्रान्स पार्लियामेन्टरी कमिटीका संयोजक समेत रहेका अध्यक्ष नेपालसँग राजदूत बोर्बाओले भेट गरेको अध्यक्ष नेपालको सचिवालयले जनाएको छ । 

नेपाल–फ्रान्स सम्बन्ध, सहयोग र सहकार्यको इतिहास, वर्तमान र भविष्यका संभावनाका विषयमा कुराकानी भएको सचिवालयले जनाएको छ । 

नेपाल आउन पाउॅदा खुसी लागेको भन्दै आगामी दिनमा दुई देशको सम्बन्धलाई सुमधुर बनाउन प्रयत्न गर्ने नवनियुक्त राजदूत बर्वाउले प्रतिवद्धता व्यक्त गरेका थिए । आफ्नो कार्यकालमा नेपाल र फ्रान्स बीचको सम्बन्धलाई उचाइँमा पुर्‍याउने समेत बताएका छन् । अध्यक्ष नेपालले नवनियुक्त राजदूतलाई स्वागत गर्दै कार्यकाल सफलताको शुभकामना दिएका थिए ।