नेपालबाट बाहिरियो मनसुन, ठूलो वर्षाको सम्भावना छैन

नेपालबाट बाहिरियो मनसुन, ठूलो वर्षाको सम्भावना छैन

काठमाडौं । नेपालबाट यस वर्षको मनसुन बाहिरिएको छ। गत शुक्रबार सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशको पश्चिमी भू–भागबाट बाहिरिएको मनसुन सोमबार साँझदेखि पूर्ण रुपमा बाहिरिएको हो। 

सरदरमा अक्टोबर २ मा नेपालबाट बाहिरिने मनसुन यस वर्ष औसत मितिभन्दा नौ दिन ढिलो गरी बाहिरिएको जल तथा मौसम विज्ञानको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले सोमबार साँझ विज्ञप्ति जारी गरी यसबारे जानकारी गराएको हो। 

यसैबीच मंगलबार बिहान सुदूरपश्चिम र कर्णाली प्रदेशको मौसम सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहेको छ। दिउँसो र राति मौसम सामान्यतया सफा रहनेछ।  पहाडी भू–भागका एक–दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।