मन्त्रिपरिषदले पूर्णता पायो, कसलाई कुन मन्त्रालय ? (सूचीसहित)

मन्त्रिपरिषदले पूर्णता पायो, कसलाई कुन मन्त्रालय ? (सूचीसहित)

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिएका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी, एकीकृत समाजवादी र जसपा मिलेर बनेको गठबन्धन सरकारले शुक्रबार पूर्णता पाएको हो । 

प्रधानमन्त्री देउवाको सिफारिसमा राष्ट्रपतिले १६ मन्त्री र दुई राज्यमन्त्री नियुक्त गरेका हुन् ।

राष्ट्रपति कार्यालयले संविधानको धारा ७६ को उपधारा (९) तथा धारा ७८ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद पुनः गठन तथा जिम्मेवारी हेरफेर भएको जानकारी दिएको छ ।

देउवाको नेतृत्वमा असार २९ गते सरकार बनेको थियो। सरकार गठन भएकाे ८८ दिनपछि मन्त्रिपरिषदले पूर्णता पाएकाे हाे। 

नवनियुक्त मन्त्रीहरुले दिउँसो ४ बजे राष्ट्रपति कार्यालय शितल निवासमा शपथ लिने कार्यक्रम रहेको छ ।

कसलाई कुन मन्त्रालय ?