कांग्रेसमा मन्त्रीका धेरै आकांक्षी भएपछि लुम्बिनी प्रदेशमा रोकियो मन्त्रिपरिषद् विस्तार

कांग्रेसमा मन्त्रीका  धेरै आकांक्षी भएपछि लुम्बिनी प्रदेशमा रोकियो मन्त्रिपरिषद् विस्तार

रुपन्देही । नेपाली कांग्रेसमा मन्त्रीका आकांक्षी धेरै भएका कारण कुरा नमिल्दा लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् विस्तार रोकिएको छ ।

मुख्यमन्त्री कुलप्रसाद केसीले शुक्रबार साँझसम्म मन्त्रिपरिषद् विस्तार गर्ने तयारी थालेको भएपनि कांग्रेसले मन्त्री नियुक्त गर्न थप गृहकार्य गर्नुपर्ने बताएपछि मन्त्रिपरिषद् विस्तार रोकिएको हो । नेपाली कांग्रेसमा देखिएको खटपटका कारण तिनीहरुलाई मिलाउन पार्टीले थप समय मागेको हो ।

केही गृहकार्य बाँकी रहेकाले मन्त्रिपरिषद विस्तार तथा शपथ रोकिएको लुम्बिनी प्रदेश सरकारका प्रवक्ता मन्त्री कृष्णध्वज खड्काले जानकारी दिए । 

नेपाली काँग्रेस र माओवादीबाट मन्त्री बन्नेहरूको नाम टुङ्गो लगाएर मन्त्रिपरिषद् विस्तार गर्ने तयारी भएको थियो ।