शाहरुख पुत्रलाई १४ दिनको न्यायिक हिरासतमा पठाउन आदेश

शाहरुख पुत्रलाई १४ दिनको न्यायिक हिरासतमा पठाउन आदेश

मुम्बई । क्रुज लागुऔषध मुद्धामा फसेका अभिनेता शाहरुख खानका छोरा आर्यन खानले अदालतबाट जमानत पाउन सकेनन् । अदालतले उनको जमानत निवेदनलाई अस्वीकार गरेको छ । अदालतको आदेशमा आर्यनसहित आठ आरोपीलाई १४ दिनको न्यायिक हिरासतमा पठाइएको छ ।

यद्यपि न्यायिक हिरासतमा पठाइएका आर्यनले तुरुन्तै जमानत निवेदन दर्ता गराए पनि यो मामलामा शुक्रबार बिहानमात्र सुनुवाई हुनेछ । 

आर्यनसहित ७ व्यक्तिलाई अक्टोबर ११ सम्म हिरासतमा राख्नका लागि एनसीबीले अदालतसमक्ष समय मागेको थियो । एनसीबीले हालसम्म छापामारीमा १६ जनालाई पक्राउ गरिसकेको छ ।