काठमाडौं । सत्तारुढ गठबन्धनमा रहेका दलहरुको आन्तरिक कारण देखाई आज पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेन । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सत्ता गठबन्धनका शीर्ष नेतृत्वहरुको छलफल भएपनि मन्त्रिपरिषद्लाई टुंगो लगाउन नसकेको हो ।
शीर्ष नेतृत्वमध्ये एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल बैठकबाट बाहिरिसकेका छन् भने मन्त्रिपरिषद्ले पूर्णता पाउन नसकेको बालुवाटार स्रोतले जनाएको छ । स्रोतका अनुसार भागवण्डामै कुरा नमिलेका कारण आज मन्त्रीपरिषद् विस्तार हुन नसकेको हो । शुक्रबार यसको टुंगो लगाउने निर्णय भएको स्रोतले बतायो ।
सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेसले ८, नेकपा माओवादी केन्द्रले ५, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले ४–४ मन्त्रालय लिने सहमति भएको थियो ।