मुख्यमन्त्री राउतलाई दुई तिहाईको समर्थन

मुख्यमन्त्री राउतलाई दुई तिहाईको समर्थन

जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई दुई तिहाईको समर्थन मिलेको छ । प्रदेशसभामा भएको बुधबार भएको मतदानमा राउतले दुई तिहाईको समर्थन पाएका हुन् । 

प्रदेशसभामा कुल १०४ सदस्य संख्या रहेकोमा मतदानमा १०० जना सांसदले भाग लिएका थिए । राउतको पक्षमा ७७ मत खसेको थियो, जुन कुल संख्याको दुई तिहाई हो । 

राउतलाई उनकै दल जसपासहित सरकारमा रहेका नेपाली कांग्रेस र माओवादी केन्द्र तथा पाँच दलीय गठबन्धनमा रहेको एकीकृत समाजवादीका सांसदहरुले मतदान गरेका थिए । उनको विपक्षमा २३ मत खसेको थियो । विपक्षमा लोसपा र नेकपा एमालेका सांसदहरुले मत दिएका हुन् । 

जनता समाजवादी पार्टी (जसपा) विभाजन भएर लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बनेपछि मुख्यमन्त्री राउतले विश्वासको मत मागेका हुन् ।