जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले ‘बेटी बचाउ, बेटी पढाउ’ अभियानअन्तर्गत साइकल वितरणमा कुनै पनि अनियमितता नभएको दावी गरेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यमन्त्री कार्यालयमा छापा मारेर प्रदेश सरकारलाई बद्नाम गराउन खोजेकाको आरोप समेत लगाए ।
प्रदेशसभाको आजको बैठकमा मुख्यमन्त्री राउतले ‘बेटी बचाउ, बेटी पढाउ’ कार्यक्रम निकै लोकप्रिय भएको भन्दै बद्नाम गर्ने नियतले संघीयता समाप्त गर्न अख्तियारले यस्तो हर्कत गरेको आरोप लगाए । अख्तियारले मुख्यमन्त्री कार्यालयमा छापा हानी कागजपत्रहरु समेत लगेको बताए ।
प्रदेश निजामति ऐनसँगै प्रदेश प्रहरी ऐनमा ५० प्रतिशत महिलालाई कोटा राखिएको र शिक्षामा सहयोग पुर्याउन साइकल वितरण गरिएको भन्दै सरकारले अभि बढाएको साइकल वितरण तथा छोरीको बीमा कार्यक्रममा पनि कुनै अतियनियमितता नभएको दावी गरे ।