बाघको आक्रमणबाट चितवनमा एकजनाको मृत्यु

बाघको आक्रमणबाट चितवनमा एकजनाको मृत्यु

चितवनमा बाघको आक्रमणबाट एकजनाको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा जिल्लाको खैरहनी नगगरपालिका–१३ का २५ वर्षीय दिनेश बोटे रहेका छन् ।

दिउँसो १२ः५० बजे घाँस काट्न जाने क्रममा सामुदायिक वनभित्र बाघले आक्रमण गरेको थियो । बाघले आक्रमण गरेका बोटेको शव फेला परेको प्रहरीले जनाएको छ ।