मेरो कोटामा एक जना मन्त्री बन्न लागेको समाचारमा सत्यता छैन : प्रधानन्यायाधीश जबरा

मेरो कोटामा एक जना मन्त्री बन्न लागेको समाचारमा सत्यता छैन :  प्रधानन्यायाधीश जबरा

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले मन्त्रिपरिषद्‍मा आफ्नो पनि भाग लागेको भन्दै सार्वजनिक भएका समाचारमा सत्यता नभएको बताएका छन् । यसरी मेरो नाम जोडेर न्यायलायलाई बदनाम गर्ने काम भएको छ ।  यस्तो आरोपबारे आफूले विज्ञप्ति निकालेर खण्डन गर्ने उनले बताएका छन् । उहाँले सञ्चारकर्मीलाई सत्य तथ्य बुझेर समाचार लेख्न पनि आग्रह गर्नु भएको छ । 

प्रधानन्यायाधीशको भागबाट पनि एक जना मन्त्री बन्न लागेको समाचार बाहिर आएपछि सर्वाेच्च बार एसोसियसनका पदाधिकारी आज राणालाई भेट्न गएका हुन् । भेटका क्रममा राणाले निराधार आरोपबारे आफूले खण्डन गर्ने बताएका हुन् । 

सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यसहितका पदाधिकारीले समाचारका विषयमा चासो राख्दै झुटो हो भने खण्डन गर्नुपर्ने बताएका थिए ।