इटलीमा विमान दुर्घटना, पाइलटसहित ८ जनाको मृत्यु

इटलीमा विमान दुर्घटना, पाइलटसहित ८ जनाको मृत्यु

काठमाडौं । इटलीमा एक निजी विमान दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । इटलीको उत्तरी सहर मिलानमा रहेको एक खाली कार्यालय भवनमा ठोक्किएर विमान दुर्घटना भएको हो ।

उक्त दुर्घटनामा विमानमा सवार आठै जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । मिलानको लिनाते विमानस्थलबाट सार्दिनिया आइल्यान्डका लागि उडेको सिंगल इन्जिन पिलाटस पीसी १२ विमान दुर्घटनामा परेको हो ।

दुर्घटनामा पाइलटसहित उनकी श्रीमती र छोराको पनि ज्यान गएको बताइएको छ । विमान ठोक्किएपछि भवन तथा भवन परिसरमा रहेका कारमा आगलागी भएको थियो । दुर्घटनाको कारणबारे भने अनुसन्धान भइरहेको बताइएको छ ।