३८ सय किलो सुन तस्करी प्रकरणमा सुनुवाइ सकियो, के आउला फैसला ?

३८ सय किलो सुन तस्करी प्रकरणमा सुनुवाइ सकियो, के आउला फैसला ?

काठमाडौं । साढे ३३ किलोसहितको ३८ सय किलो सुन तस्करी र मोरङका सनम शाक्यको हत्या प्रकरणको मुद्दाको सुनुवाइ सकिएको छ।  जिल्ला न्यायाधीश भरत न्यायाधीशको इजलासमा जारी सुनुवाइ आइतबार सकिएको हो। आइतबार सरकारी वकिलले जवाफी बहस गरेपछि सुनुवाइ सकिएको हो। 

सोमबार फैसला तयार गर्न सकिए सोही दिन नभए मंगलबारसम्म फैसला आउने जनाइएको छ। २०७४ मंसिरमा हवाईमार्ग हुँदै विदेशबाट तस्करी गरेर ल्याइएको साढे ३३ किलो सुन हराएको भन्दै तस्करको समूहले १८ फागुन २०७४ मा मोरङको उर्लाबारीका सनम शाक्यको हत्या गरेको थियो। सनमको हत्या घटनाको अनुसन्धानकै क्रममा साढे ३३ किलोसहित ३८ सय किलो सुन तस्करी प्रकरण बाहिरिएको थियो। 

गृह मन्त्रालयले सुन तस्करी र शाक्यको हत्या प्रकरणको अनुसन्धानका लागि गृह मन्त्रालयका सह–सचिवको नेतृत्वमा समिति गठन गरेको थियो। गृह मन्त्रालयको समितिको छानबिनका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङले ६३ जनाविरुद्ध मुद्दा चलाउन भन्दै जिल्ला सरकारी वकिल कार्यालय मोरङलाई प्रतिवेदन बुझाइएको थियो।