फिलिपिन्सका राष्ट्रपतिले राजनीतिबाट सन्यास लिने

फिलिपिन्सका राष्ट्रपतिले राजनीतिबाट सन्यास लिने

एजेन्सी । फिलिपिन्सका राष्ट्रपति रोड्रिगो दुतार्तेले आफ्नो राजनीतिक जीवनबाट सन्यास लिने भएका छन् । उनले आफ्नो कार्यकाल सकिएपछि राजनीतिबाट सन्यास लिने घोषणा गरेका हुन् ।

‘बहुसंख्यक फिलिपिनोहरुको भावना आफू योग्य नभएको भन्दै अझै उपराष्ट्रपतिको चुनाव लड्नु संविधानको मर्मविपरीत हुने उनको ठहर छ । दुतार्तेले भने, ‘म राजनीतिबाट सन्यासको घोषणा गर्छु ।’

यसअघि गत अगस्टमा दुतार्तेले उपराष्ट्रपतिमा चुनाव लड्ने घोषणा गरेका थिए । तर विपक्षीको चर्को दबाबपछि उनले आगामी वर्षमा हुने उपराष्ट्रपतिको निर्वाचनमा भाग नलिने र बरु राजनीतिबाट सन्यास लिने घोषणा गरेका हुन् ।

२०१६ मा निर्वाचित भएका राष्ट्रपति दुतार्तेको कार्यकाल आगामी वर्ष सकिँदैछ । फिलिपिन्समा एकपटक ६ वर्षको कार्यकाल सकेपछि राष्ट्रपतिले दोस्रोपटक चुनाव लड्न पाउँदैनन् ।