काठमाडौं । नेकपा एमालेका नेता रामबहादुर थापा ‘बादल’ले जनताको बहुदलीय जनवाद (जबज) अझै सान्दर्भिक रहेको बताएका छन् । विधान महाधिवेशन व्यवस्थापन समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरुको जवाफ दिँदै नेता थापाले ुजबज कार्यक्रम अहिले पनि सान्दर्भिक भएको बताएका छन् ।
नेता थापाले नेपालको जनवादी क्रान्ति जबजबाट सफल भएको भन्दै यसलाई नयाँ रुपमा संश्लेषण गर्ने र जबजकै रुपमा लाने विषय आएको बताए । जबजलाई नै राजनीतिक प्रतिवेदनमा विकसित विचारका रुपमा राखिएको उल्लेख गरे ।
सुरुमा जवब २०४९ सालमा एमाले पाँचौँ महाधिवेशनमा मदन भण्डारी प्रस्तुत गरेको र तत्कालिन अवस्थामा जनवादको कार्यक्रम, समाजवादमा संक्रमण गर्ने कार्यक्रम भएपनि अहिले जबज क्रान्तिकारी उपलब्धिहरुलाई सुदृढ गर्ने र नेपाललाई द्रुत गतिमा विकास गर्दै राष्ट्रिय पूँजीको विकास गर्ने कार्यक्रम भएको उल्लेख गरे ।
स्थायी कमिटी सदस्य समेत रहेका थापाले जबजमा रहेका समाजवादमा संक्रमण गर्ने कार्यक्रमहरु लागू हुनुपर्ने बताए । त्यस्तै नेता थापाले महाधिवेशनले सिद्धान्तको निर्माण गर्ने भन्दै देश र समाजको दीर्घकालीन सोच, परिवर्तन तथा नेपाल र नेपालीको भविष्यको विकास गर्ने बताए । महाधिवेशनमा राजनीतिक, सांगठनिक प्रतिवेदन र विधान संसोधनलगायतका प्रतिवेदनहरु पेस हुने बताए । जुन जबजमा समाहित भएका कार्यक्रम रहेको स्पष्ट पारे ।