प्रतिनिधि सभा बैठक आज बस्दै, यस्तो छ कार्यसूची

प्रतिनिधि सभा बैठक आज बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दै छ। बानेश्वरस्थित संसद भवनमा दिउँसो १ बजेका लागि बैठक तय भएको संसद सचिवालयले जनाएको छ।

आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘महालेखा परीक्षकको ५८औं वार्षिक प्रतिवेदन, २०७८’ पेस गर्ने कार्यसूची रहेको छ। यसैगरी सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त अध्यादेश खारेजसम्बन्धीको व्यहोरा पढेर सुनाउने कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ।

नवौं अधिवेशनको पहिलो बैठकदेखि नै संसद वैठकमा अवरोध गर्दै आएको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुले यसअघिका सबै बैठकमा नाराबाजी गरेका थिए। एमाले सांसदहरुको नाराबाजीकै बीच आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयकलगायत पारित भएका छन्।  

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै नाराबाजी गर्दै आएको छ। आजको सर्वदलीय बैठकमा सहमति नजुटे सरकारले जरी अधिवेशन अन्त्य गर्ने तयारी गरेको छ ।