संसदमा जारी अवरोध हटाउन प्रधानमन्त्री देउवाले बोलाए सर्वदलीय बैठक

संसदमा जारी अवरोध हटाउन प्रधानमन्त्री देउवाले बोलाए सर्वदलीय बैठक

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाएका छन् । संसदमा जारी अवरोध हटाउने लगायतका विषयमा छलफल गर्न प्रधानमन्त्री देउवाले संघीय संसदमा प्रतिनिधित्व गर्ने दलहरुको बैठक बोलाएका हुन् ।

आज बिहान १० बजेका लागि निर्धारित बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा , नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपालाई बोलाइएको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै संघीय संसदमा लगातार अवरोध गर्दै आइरहेको छ । सो अवरोध खुलाउने विषय नै सर्वदलीय बैठकको मुख्य एजेण्डा रहेको बालुवाटार स्रोतले जनाएको छ । एमाले सहमतिमा नआए जारी अधिवेशन अन्त्य गर्ने तयारीमा सरकार रहेको छ ।