जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आफू र प्रदेश सरकारको बदनाम गराउने उद्देश्यले आज मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा छापा मारेको बताएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन छापा मारेपछि अख्तियार प्रमुख प्रेमकुमार राईसँग टेलिफोनमा कुराकानी गर्दै मु्ख्यमन्त्री राउतले प्रदेश २ लाई बद्नाम गराउने खोजेको बताए ।
‘बेटी बचाऊ, बेटी पढाऊ’ अभियान अन्तर्गत साइकल खरिदमा सरकारले अनियमितता गरेको भन्दै अख्तियारले छापा मारेकोमा मुख्यमन्त्री राउतले भने, ‘सरकारले साइकल खरिदमा अनियमितता ग¥यो भन्ने भ्रमक समाचार सार्वजनिक गर्ने, अनि त्यसको २/३ घण्टा पनि वित्न नपाउँदै अख्तियार छापामार शैलीमा मुख्यमन्त्रीको कार्यालयमा छापामार्न आइपुग्ने ।’
यो प्रदेश सरकारलाई बद्नाम गराउन खोजेको उनको आरोप छ । ‘साइकल खरिदका सम्पूर्ण कागजातहरु यसरी जफल गरिएको छ कि मानौ त्यो अब चाँडै नै लोप हुँदैछ’ मुख्यमन्त्री राउनले गुनासो गरे । फोनमा अख्तियार प्रमुख राईले केही कमजोरी भएको स्वीकार गरेका छन् ।
प्रदेश २ मा बेटी पढाऊ बेटी बचाऊ अन्तर्गत साइकल खरिद प्रक्रियामा अनियमितता भएको उजुरी अख्तियारमा परेको भन्दै काठमाडौं र बर्दिबासस्थित कार्यालयको टोलीले जनकपुरस्थित मुख्यमन्त्री कार्यालयमा पुगेर छापा मारेको छ ।