मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु

मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु

जनकपुरधाम । धनुषामा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । औरहीबाट जनकपुरतर्फ जाँदैए गरेको ज ९ प १९८२ नम्बरको मोटरसाइकल अपराह्नतिर जनकपुर–१८ भोइल भन्ने स्थानमा नहरमा खसेर दुर्घटना भएको थियो ।

दुर्घटनामा तीन जनाले ज्यान गुमाएका छन् । उनीहरुको घटनास्थलमै मृत्यु भएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी  जितेन्द्र बस्नेतले जानकारी दिए । 

मृत्यु हुनेमा अन्दाजी २२÷२३ वर्षका कुनालकुमार साह र अन्य दुई जनाको सनाखत हुन सकेको छैन ।
तीव्र गतिमा रहेका कारण उक्त मोटरसाइकल दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।