जनकपुरधाम । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश २ को मुख्यमन्त्रीको तथा मन्त्री परिषद्को कार्यालयमा छापा मारेको छ । आयोगको केन्द्रिय कार्यालय काठमाडौं र बर्दिबास कार्यालयको संयुक्त टोलीले बुधबार दिउँसो मुख्यमन्त्री कार्यालयमा छापा मारेको हो ।
प्रदेश २ सरकारले ‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रमका लागि खरिद गरिएको साइकलमा भ्रष्टाचार भएको भनि उजुरी परेपछि त्यसको छानविनका लागि अख्तियारले अख्तियारले छापा हानेको हो । अख्तियारले साइकल खरिदमा आवश्यक कागजपत्रहरु सहित भुक्तानी गरिएको विल विवरणहरु नियन्त्रणमा लिई अनुसन्धान थालेको छ ।
मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षतामा २०७६ असार १६ गते बसेको बैठकले सामुदायिक विद्यालयमा अध्ययनरत छात्रालाई साइकल वितरण गर्ने निर्णय गरेको थियो ।
सोही निर्णयबमाेजिम ९ करोड ८४ लाख १८ हजार रुपैयाँको १४ हजार थान साइकल खरिद गरी २६२ विद्यालयका प्रधानाध्यापकलाई बोलाएर ८ कक्षामा पढ्ने छात्राका लागि साइकल दिइएको थियो । प्रदेश २का ८ वटै जिल्लाका जिल्लाका विद्यार्थीलाइ साइकल दिने याेजना छ ।