एमसीसीको विरोधमा राप्रपाको प्रदर्शन

एमसीसीको विरोधमा राप्रपाको प्रदर्शन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंको बबरमहलमा प्रदर्शन गरेको छ । अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) खारेजीको माग गर्दै राप्रपाले सो विरोध प्रदर्शन गरेको हो ।

राप्रपा जिल्ला कार्य समिति काठमाडौंले सो प्रदर्शन गरेको हो । प्रदर्शनमा एमसीसी खारेजीलगायत बढ्दो मंहगी नियन्त्ररण गर, भ्रष्टाचारीलाई कारवाही गरलगायतका नाराहरु लगाइएका थिए ।