सरकारलाई खबरदारी पुगेन, त्यसैले लापर्वाह बन्याे : ओली

सरकारलाई खबरदारी पुगेन, त्यसैले लापर्वाह बन्याे : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारको मनोमानी बढ्दै गएको प्रति आपत्ति जनाएका छन् । वर्तमान सरकारले कानुन, संविधानको मतलव नगरी लापर्वाह बन्दै गएको भन्दै संचार माध्यमहरुले उसलाई खबरदारी गर्न आवश्यक रहेको बताएका छन् । 

नयाँ बानेश्वरस्थित अल्फा हाउसमा आयोजित सम्पादकहरूसँग अन्तरक्रियामा बोल्दै ओलीले संविधान मिचिँदा समेत संचार माध्यम किन मौन देखिएको गुनासो गरे । उनले स्मरण गरे, ‘हाम्रो सरकारको पालामा संचारमाध्यमहरुले हामीलाई निकै खबरदारी गरेका थिए ।

खबरदारी हाम्रा लागि मार्गदर्शन पनि बन्यो । त्यसका लागि  म धन्यवाद पनि दिन चाहन्छ्ु ।’ उनले थपे, ‘तपाइ मिडियाकर्मीहरुकै खबरदारीले हामी सरकारमा छँदा बाटो विराएनौं । हामीलाई सही दिशामा हिड्न प्रेरित गरिरहनु भयो, अहिलेको सरकारलाई तपाइहरुले खबरदारी गर्नुभएको पुगेन जस्तो छ । दिनदिनै मनोमानी बढ्दैछ ।’

अध्यक्ष ओलीले सरकारले कानुन, नीति नियमको पालना नगरेको भन्दै त्यसप्रति कलम चलाउनु्पर्ने धारणा व्यक्त गरे । ओलीले 
आफ्नो पार्टी फुटाउने मनसायले सरकारले अध्यादेश ल्याएको भन्दै आपत्ति जनाए । उनले भने,‘एमाले फुटाउने काम सकिएपछि अध्यादेश फिर्ताको सूचना निकालियो ।’ 

अहिले परमादेशबाट सरकार बन्दा केहीलाई आनन्द भएपनि यसले अन्ततः दीर्घकालमा फाइदा नगर्ने बताए ।