परराष्ट्रमन्त्री खड्काको शपथ विवादमा, बदरको माग गर्दै सर्वाेच्चमा रिट

परराष्ट्रमन्त्री खड्काको शपथ विवादमा, बदरको माग गर्दै सर्वाेच्चमा रिट

काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्काले लिएको शपथ विवादमा परेकाे छ । उनले गत असाेज ६ मा राष्ट्रपतिबाट लिएकाे पद तथा गाेपनियताकाे शपथ असंवैधानिक भएको भन्दै बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको हाे।

कुनै कानुन निर्माण नभई राष्ट्रपति समक्ष शपथ लिनु असंवैधानिक भएको भन्दै मंगलबार अधिवक्ता विशाल न्यौपानेले सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् । खड्काले गत ६ असोजमा पद तथा गोपनीयताको शपथ लिएका थिए । 

खड्काले संविधानको धारा ८० बमोजिम शपथ लिएको भनिएकोमा उक्त धारामा उल्लेख गरिएको ‘संघीय कानुन बमोजिम’ भन्ने व्यवस्थालाई पालना नगरिएको रिटमा उल्लेख छ । त्यस्तै सो धारा धारा बमोजिम संघीय कानुन नबनाई कसैलाई पनि मन्त्रीको हैसियतमा शपथ ग्रहण नगराउन पनि माग गरिएको छ ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट ‘शपथसम्बन्धी अध्यादेश २०७८’ जारी भई प्रमाणित भएकोमा सो अध्यादेश संसद्मा पेस भए पनि पारित नभएकाले अध्यादेश संविधानको धारा १४४ (२ ग) अनुसार स्वतः निष्क्रिय भएको रिटमा उल्लेख छ ।