उत्तर कोरियाद्वारा जापानको समुद्रमा फेरि मिसाइल प्रहार

उत्तर कोरियाद्वारा जापानको समुद्रमा फेरि मिसाइल प्रहार

काठमाडौं । उत्तर कोरियाले एकपटक फेरि जापानको समुद्रमा मिसाइल प्रहार गरेको बताइएको छ । दक्षिण कोरियाको सेनाले उत्तर कोरियाले आज बिहान कम्तीमा एउटा मिसाइल प्रहार गरेको दाबी गरेको हो । त्यो मिसाइल जापानको समुद्रमा गएर खसेको उसको दाबी छ ।

उत्तर कोरियाले दक्षिण कोरियासित वार्ताको इच्छा देखाएको भनिएको भोलिपल्ट यो खबर सार्वजनिक भएको हो । यसले वार्ताको वातावरण विथोलिन सक्ने अनुमान गरिएको छ । 

बीबीसीका अनुसार यसअघि यही महिनामा उत्तर कोरियाले जापानकै समुद्रमा नयाँ क्रुज र ब्यालिस्टिक मिसाइल पनि प्रहार गरेको दक्षिण कोरियाको सेनाले जनाएको थियो ।