एमाले केन्द्रीय समिति बैठक सकियो, १० बुँदेबारे निर्णय भोलि

एमाले केन्द्रीय समिति बैठक सकियो, १० बुँदेबारे निर्णय भोलि

काठमाडौं । शुक्रबारदेखि जारी नेकपा एमालेको केन्द्रीय समिति बैठक सकिएको छ । बैठकमा विधान महाधिवेशनसँग सम्बन्धित तीन दस्तावेजमा छलफल भएपनि १० बुुँदे सहमतिबारे भने छलफल भएन ।

छलफलका क्रममा सोधिएका प्रश्नको जवाफ नेताहरुले दिएका थिए । तर १० बुँदे सहमतिबारे कुनै छलफल र्नै नभएपछि केही नेताहरु रुष्ट बनेका छन् ।

१० बुँदे सहमति कार्यान्वयनमा समस्या आएको भन्दै यसलाई केन्द्रीय समिति बैठकमा छलफलको एजेण्डा बनाउन माग गरेका थिए । तर बैठकमा १० बुँदे सहमतिबारे छलफल नै नगरिएपछि एक समूह असन्तुष्ट बनेका हुन् । त्यसैले १० बुँदे सहमतिबारे छलफलका लागि एमालेले सोमबार स्थायी कमिटी बैठक डाकेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।