काठमाडौं– नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले एमाले केन्द्रिय कमिटी बैठकमा फरक मत प्रस्तुत गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनमा भुसालले फरक मत राखेका हुन् ।
उनले विगतको समीक्षा, नयाँ कार्यदिशा तथा जनताको बहुदलीय जनवाद (जबज)को सैद्धान्तिक व्याख्या गरिनुपर्ने प्रस्ताव गरेका हुन् । आज प्रस्तुत गरिएको राजनीति प्रतिवेदन एकांगी रहेको भन्दै पार्टी विभाजनमा सबै जिम्मेवार रहेको अझ थप जिम्मेवार अध्यक्षको रहेको उनको भनाई छ । आजको प्रतिवेदनमा उक्त कमजोरीलाई उल्लेख नगरिएकोप्रति असन्तुष्टि जनाए । त्यस्तै एमालेको नवौं महाधिवेशनले नयाँ कार्यदिशा तय गरे पनि ठोस कार्यक्रम बन्न नसक्दा पार्टीले लिएको नयाँ कार्यदिशा प्रष्ट हुन नसकेको उनको भनाइ छ । त्यस्तै जनताको बहुदलीय जनवाद (जबज) जप्ने मात्रै भएको भन्दै त्यसको परिभाषा हुन नसक्दा समस्या आएको उनको तर्क छ ।
त्यस्तै ओलीको जवाफपछि सदस्यहरुलाई आफ्नो धारणा राख्न भनिएकोमा नेता भुसालले संसद् विघटनलाई संविधान विपरितको कदम भनिनुपर्ने बताएका छन् । ओलीले प्रतिवेदन र जवाफ मार्फत संसद् विघटनलाई बाध्यत्मक कदम भनेपछि नेता भुसालले भने ‘संसद विघटन संविधान विपरित नै भएको, र यो खराब नै हो ।’ बताएका हुन् ।
तत्कालीन प्रधानमन्त्री ओलीले पुस ५ गते र जेठ ७ गते प्रतिनिधि सभा गरेका थिए ।