अमेरिका र दक्षिण कोरियाका रक्षामन्त्रीहरुको वार्ता अर्काे हप्ता

अमेरिका र दक्षिण कोरियाका रक्षामन्त्रीहरुको वार्ता अर्काे हप्ता

एजेन्सी : संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाका रक्षामन्त्रीहरुबीच आगामी हप्ता दक्षिण कोरियाको राजधानी सोलमा वार्ता हुने भएको छ । दक्षिण कोरियाको रक्षा मन्त्रालयले शुक्रबार प्रकाशन गरेको विज्ञप्तिमा सो जानकारी दिइएको बताइएको छ ।

दक्षिण कोरियाका रक्षामन्त्री जोङ क्योङ डु र अमेरिकी रक्षामन्त्री मार्क एस्परबीच हुने सो वार्ता वार्षिक रक्षामन्त्रीस्तरीय द्धिपक्षीय वार्ता हो । आगामी शुक्रबार हुन लागेको सो वार्ता दुई देशबीचको ५१ औँ सुरक्षा परामर्श बैठक पनि रहेको दक्षिण कोरियाको रक्षा मन्त्रालयले जानकारी दिएको छ ।

उक्त वार्ताका क्रममा यी दुई देशबीचमा आपसी सुरक्षा सम्बन्ध मामिलाका विषयमा कुराकानी हुने बताइएको छ ।यसका साथै कोरियाली प्रायद्धीपमा जारी सुरक्षाको अवस्था, उत्तर कोरिया एवम् अन्य क्षेत्रीय शुरक्षाका विविध विषयमा कुराकानी हुने पनि उक्त विज्ञप्तिमा जनाइएको छ ।