राष्ट्रपति डोनल्ड ट्रम्पको निर्देशनमा इरानी कुद्स फोर्सको मृत्यु

राष्ट्रपति डोनल्ड ट्रम्पको निर्देशनमा इरानी कुद्स फोर्सको मृत्यु

काठमाडौं : अमेरिकी सेनाको हवाई आक्रमणमा परेर इरानी कुद्स फोर्सका प्रमुख जनरल मारिएका छन् । राष्ट्रपति डोनल्ड ट्रम्पको निर्देशनमा बगदाद अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार विहानै भएको आक्रमणबाट फोर्सका प्रमुख कासिम सोलेमानी मारिएको अमेरिकी रक्षा विभागले जनाएको छ ।

विभागका अनुसार सोलेमानीलाई उनीहरूले आतंकवादी घोषणा गरेका थिए । विदेशस्थित अमेरिकी सेना माथिको विभिन्न हमलामा सोलेमानीको हात रहेको विभागले दाबी गरेको छ । त्यस्तै हवाई आक्रमण नै परेर हिजबुल्लाका कमाण्डर अबु महदी अल मुहादिस समेत मारिएको सञ्चार माध्यमहरूले जनाएका छन् ।