सर्वोच्च अदालतको फैसलापछि  प्रचण्डले दिए यस्तो प्रतिक्रिया

सर्वोच्च अदालतको फैसलापछि  प्रचण्डले दिए यस्तो प्रतिक्रिया

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वोच्च अदालतले गरेको फैसला इतिहासकै महत्वपूर्ण परिघटना भएको बताएका छन् । सर्वोच्च अदालतको फैसला पश्चात प्रतिक्रिया दिँदै अध्यक्ष प्रचण्डले यसलाई नेपाल र नेपाली जनताको जितको संज्ञा दिए । 

उनले अदालतको आजको फैसलाले संविधान र राष्ट्रको गरिमालाई उँचो राखेको बताए । 

पटकपटकको संसद विघटन र पटकपटक संविधानमाथि भएको प्रहारबाट आम नेपाली जनता पनि आजित भएको अवस्थामा आएको सर्वोच्चको निर्णयलाई इतिहासले सम्मान गरिराख्ने उनले बताए ।