सुडानमा विमान दुर्घटना, चार बालबालिकासहित १८ जनाको मृत्यु

सुडानमा विमान दुर्घटना, चार बालबालिकासहित १८ जनाको मृत्यु

एजेन्सी : सुडानको एल जेनिनाको एयरपोर्टबाट उडेको सैन्य विमान दुर्घटनामा परेको छ । विमान उडेको पाँच मिनेटमै विमान दुर्घटनामा परेको थियो । विमान के कारणले दुर्घटनामा परेको हो तो भने अहिले खुल्न सकेको छैन भनेर सुडानी अधिकारिहरुले बताएका छन् ।

पश्चिमी डार्फुर राज्यमा सैन्य विमान दुर्घटनामा परेको हो। घटनामा चार बालबालिका, तीन न्यायाधीश सहित कम्तिमा १८ जनाको मृत्यु भएको सुडानी अधिकारिहरुले जनाएका छन्। सैन्य विमानले एल गिनिया क्षेत्रमा सहयोग पुर्‍याउने काम गर्दै आएको थियो, जहाँ हालसालै ठुलो जातीय समूहहरू बीच भयंकर झडप भएको छ।