हाइटीका राष्ट्रपतिको आफ्नै निवासमा हत्या

हाइटीका राष्ट्रपतिको आफ्नै निवासमा हत्या

हाइटीका राष्ट्रपति जोभेनेल मोइसको उनकै निजी निवासमा हत्या गरिएको छ । अन्तरिम प्रधानमन्त्री क्लाउडे जोसेफले एक वक्तव्य जारी गर्दै यसबारे जानकारी दिएका हुन् ।

पोर्ट–एयू–प्रिन्समा रहेको उनको निवासमा अज्ञात बन्दुकधारीहरु स्थानीय समयअनुसार १ बजे प्रवेश गरी उनको हत्या गरेको जोसेफले बताएका छन् । घटनामा प्रथम महिला पनि घाइते भएको बताइएको छ ।

५३ वर्षीय मोइस सन् २०१७ फेब्रुअरीदेखि सत्तामा रहेका थिए । उनलाई भ्रष्टाचारको आरोप लाग्दै आएको थियो भने उनको विरुद्धमा हिंसात्मक प्रदर्शनहरु पनि भएका थिए ।