बर्दियामा बाघको आक्रमणबाट एकजनाको ज्यान गयो

बर्दियामा बाघको आक्रमणबाट एकजनाको ज्यान गयो

बर्दिया । पाटेबाघको आक्रमणबाट बर्दियामा फेरि एकजनाको ज्यान गएको छ। बर्दियाको मधुवन नगरपालिका-३ का ६७ वर्षका चित्रबहादुर केसीको ज्यान गएको डिभिजन वन कार्यालय बर्दियाका प्रमुख महेन्द्रराज वाग्लेले बताए।

आइतबारदेखि हराइरहेका वलीको शव सोमबार बिहान नेपाल भारत सीमा क्षेत्रमा पर्ने पिलर नम्बर ८३ र ८४ को बीच भागमा सम्झना सामुदायिक वनभित्र क्षतविक्षत अवस्थामा फेला पारेको हो। बाघले आक्रमण गरेको अवस्थामा उनको शव फेला परेको डिभिजन वन प्रमुख वाग्लेले बताए।

बाघको आक्रमणबाट बर्दियामा मात्रै ११ को मृत्यु, वन्यजन्तु संरक्षणमा स्थानीय
​बर्दिया राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती सामुदायिक वन र राष्ट्रिय वन तथा सामुदायिक वन क्षेत्रमा पाटेबाघको आक्रमणबाट एक वर्षभित्र १२ जनाको ज्यान गएको छ। निकुञ्ज प्रशासनले मानव र वन्यजन्तुविचको बढ्दो द्धन्द्ध न्यूनीकरणका लागि प्रयास थालेको बताए पनि द्वन्द्व अझ बढ्दो अवस्थामा छ। स्थानीयलाई जंगल प्रवेश नगर्न निकुञ्जले पटक-पटक आग्रह गरे पनि स्थानीयको लापरबाहीले गर्दा वन्यजन्तुको सिकार हुने गरेका छन्।