ताइवानमा हेलिकोप्टर दुर्घटना, सेना प्रमुखसहित आठ जनाको मृत्यु

ताइवानमा हेलिकोप्टर दुर्घटना, सेना प्रमुखसहित आठ जनाको मृत्यु

काठमाण्डौ : ताइवानमा हेलिकोप्टर दुर्घटना हुँदा ताइवानका सेना प्रमुख शेन यी–मिङको निधन भएको छ ।

राजधानी ताइपेई नजिकै पहाडी इलाकामा हेलिकोप्टर दुर्घटना भएको हो । हेलिकोप्टरमा सेना प्रमुखसँगै १३ जना सवार रहेको ताइवानको रक्षा मन्त्रालयले जनाएको छ । ताइवानको आधिकारिक केन्द्रीय समाचार संस्थाले सेना प्रमुखकको निधन भएको पुष्टि गरेको छ । दुर्घटनामा अन्य आठ जनाको पनि ज्यान गएको अधिकारीहरुले जनाएका छन् ।

सेना प्रमुख मिङ नयाँ वर्षमा पूर्वोत्तर क्षेत्रमा रहेका सैनिकसँग भेट्न जाने क्रममा हेलिकोप्टर दुर्घना भएको हो । अहिले दुर्घटनाग्रस्त क्षेत्रमा खोज्ने र उद्धार गर्ने काम भइरहेको हवाई बलका कमाण्डर इन् चिफ् हो–चीले सञ्चारमाध्यमलाई जानकारी दिएका छन् ।